दिक्तेल बजारलाई सफा र सुन्दर बनाउन सामुहिक प्रतिबद्धता 


पौष १८,
खोटाङको दिक्तेलबजारलाई सफा र सुन्दर बनाउने लक्ष्य पूरा गर्न सामुहिक प्रतिबद्धता जनाइएको छ । ‘सफा, स्वच्छ र सुन्दर’ नगरपालिका निर्माणका लागि दिक्तेलबजारका स्थानीयबासी, जनप्रतिनीधि, टोल विकास संस्था, दिक्तेलबजार सामाजिक गुठी, उद्योग वाणिज्य संघ, यातायात प्रालि लगायतका प्रमुख तथा प्रतिनिधिले फोहोर व्यवस्थापन सम्बन्धी ३० बुँदे दीर्घकालिन रणनिती–पत्रमा हस्ताक्षर गरेका हुन् । दिक्तेलबजारको फोहोर व्यवस्थापनका लागि पटक–पटक गरिएको प्रयास पूर्ण नभएपछि नगरपालिकाको पहलमा हिजो बजारका स्थानीयबासी एवम् संघसंस्थाका प्रमुख तथा प्रतिनिधिबाट सरसफाई र फोहोरमैला व्यवस्थापनका लागि प्रतिबद्धता जुटाइएको हो । २०२० सालमा खोटाङबजारबाट दिक्तेल सारिएको साविकको सदरमुकाम दिक्तेलबाट निस्कने फोहोरमैला व्यवस्थापनका लागि जिल्ला समन्वय समिति र नगरपालिकाको अगुवाईमा २०७४ साल चैत्र १ गतेदेखि सरसफाई अभियान थालिएको थियो । तर बजार क्षेत्रका पूराना फोहोरमैला अझै हट्न सकेको छैन । दीर्घकालिन रणनीति–पत्रमा आफ्नो सरसफाई आफै गर्ने र अरुलाई पनि सरसफाई गर्नका लागि उत्प्रेरित गर्ने, बालबालिकालाई स्वास्थ्य र सरसफाई सम्बन्धी शिक्षा दिने, फोहोरलाई पुनःप्रयोग गर्ने संस्कारको विकास गर्ने लगाएतका विषय समेटिएको छ । प्रतिबद्धता–पत्रमा दिक्तेलका रत्नपार्क–बेसक्याम्प, शान्ति–सल्लेरी टोल, भवनगैरा–त्रिबेणीचोक, हस्पस्पीटल–पोखरी टोल, अम्बागाछी, हाटडाँडा टोलमा हप्तामा कम्तीमा एक दिन ट्याक्टरमार्फत् फोहोर संकलन गर्ने उल्लेख छ । 
 

प्रतिकृया दिनुहोस