डुङ्गा तारेर दिङ्लामा टेम्पो पुग्यो

लम्सुवाघाटमा पक्की पुल नभएपछि डुङ्गा तार्दै टेम्पो


पौष २१,
भोजपुरको उत्तरी क्षेत्र दिंलामा पहिलो पटक टेम्पो गुड्न थालेको छ । दिङ्लामा ३ वटा टेम्पो सञ्चालनमा आएको छ । संखुवासभा र भोजपुर जोड्ने लम्सुवाघाटमा पक्कि पुल नहुँदा डुुङ्गा तारेर ३ वटा टेम्पो शुक्रबार दिङ्ला पु¥याइएको थियो ।

टेम्पो सञ्चालनमा आएपछि दिंला–सतिघाट, बैदारभञ्ज्याङ, चौतारा, निगुरे, चिउरिबोटे लगायत दिङ्ला आसपासका क्षेत्रका स्थानीयलाई सहज भएको चालक बिनोद विश्वकर्माले बताए ।

कच्ची सडकका कारण समयमा गन्तव्यमा नपुगिने र महँगो भाडादर तिर्न बाध्य भएका स्थानीय टेम्पो सञ्चालनमा आएपछि खुशी छन् ।

प्रतिकृया दिनुहोस