फिदिम स्पोर्टिङको संघर्षपूर्ण जित 

पौष २२, 
पाँचथरको फिदिममा जारी दशौं फाल्गुनन्द गोल्डकप अन्तर्गत आज सम्पन्न खेलमा मोरङ–११ विरुद्ध एनएमबी फिदिम स्पोर्टिङ क्लवले संघर्षपूर्ण जित निकालेको छ । खेलको सातौं मिनेटमा काचिले गरेको गोल नै निर्णायक बन्यो । तर खेल अवधिभर अग्रता बचाइराख्न फिदिम स्पोर्टिङलाई निकै हम्मे परेको थियो । पहिलो हाफमा १–० ले पछि परेको मोरङले दोस्रो हाफमा फिदिम स्पोर्टिङलाई दबावमा राखेपनि गोल गर्न नसक्दा नजिता सुम्पिनु परेको थियो । फिदिम माविको खेलमैदानमा भएको खेलको म्यान अफ् दि म्याच फिदिम स्पोर्टिङका प्रवीण जबेगु बन्नुभयो । उहाँले नगद दश हजार रुपैंयाँ प्राप्त गर्नुभयो । प्रतियोगिता अन्तर्गत भोलिको पहिलो क्वाटरफाइन खेल झापा–११ र विभागिय टोली शसस्त्र प्रहरीको एपिएफ क्लवबीच हुने आयोजकले जनाएको छ  ।
 

प्रतिकृया दिनुहोस