चिकित्सा शिक्षा विधेयक पारित, आज समितिलाई बुझाइदै 


पौष २३, 
चिकित्सा शिक्षा विधेयक आज शिक्षा तथा स्वास्थ्य समिति समक्ष बुझाइदैछ । उपसमितिको हिजो राति बसेको बैठकले चिकित्सा शिक्षा विधेयक पारित गरेको हो । उपसमितिले पारित गरेको विधेयक आज समिति समक्ष बुझाउन लागिएको उपसमितिका संयोजक भैरवबहादुर सिंहले जानकारी दिनुभयो । उहाँले प्राध्यापक डाक्टर गोविन्द केसीसँगको सम्झौताअनुसार नै विधेयक पारित गरिएको जानकारी दिनुभयो । विधेयकको दफा १३ को उपदफा ६ मा काठमाडांैभित्र मेडिकल कलेज खोल्न नदिने र काठमाडौ बाहिर मेडिकल कलेज खोल्न दिने भन्ने विषय उल्लेख गरिएकाले त्यसै अनुसार उप–समितिले विधेयक पारित गरेको हो । 
 

प्रतिकृया दिनुहोस