केसी फेरि अनसन बस्ने तयारीमा 


पौष २३, 
डाक्टर गोविन्द केसीसँग सरकारले गरेको सहमति विपरीत चिकित्सा शिक्षा विधेयक संसद्को शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमिति पारित भएपछि डाक्टर गोविन्द केसी फेरि अनसन बस्दै हुनुहुन्छ ।  बिहान ९ बजे पत्रकार सम्मेलन गरेर केसीले विधेयका विषयमा आफ्नो धारणा सार्वजनिक गर्नुहुनेछ ।  उपत्यका बाहिरको सन्दर्भमा आयोगले चाहेमा अहिलेकै विश्वविद्यालयबाटै सम्बन्धन दिन सक्ने बाटो खोल्दै उपसमितिबाट विधेयक पारित भएको हो । डाक्टर केसी त्यसमा असहमत हुनुहुन्छ । डा केसीसंग शिक्षा तथा स्वास्थ्य समिति संयोजक जयपुरी घर्तीले सहमतिका लागि समय मागेपछि पुस २५ गतेसम्म आमरण अनसन नबस्ने भन्दै डा केसी इलामबाट काठमडौं फर्किनु भएको थियो । 
 

प्रतिकृया दिनुहोस