संखुवासभा उद्योग वाणिज्य संघको १३ औ साधारण सभा सम्पन्न

पौष २४,

संखुवासभा उद्योग वाणिज्य संघको १३ औ साधारणसभा खाँदबारीमा सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले संखुवासभा जिल्ला पर्यटकिय, व्यापारीक र विद्युतको हिसाबका निक्के आगाडी भएको बताउनु भयो । उहाँले निर्माणाधिन अरुण तेश्रो जलविद्युत आयोजनाबाट बिजुली उत्पादन भएपछि पूर्वको हवको व्यापारीक हवको रुपमा विकसित हुने बताउनु भयो । किमाथांका बिराटनगर सडक जोडिएपछि विकासको थप ढोका खुल्ने पनि उहाले बताउनु भयो ।

कार्यक्रममा महासंघका उपाध्यक्ष किशोर प्रधानले अलैची र रुद्राक्षले यो जिल्ला मुलुकभर परिचित भएको बताउनु भयो । उहाँले गुणस्तरिय अलैची व्यापारीलाई दिनसक्नु पर्नेमा जोड दिनु भयो । वाणिज्य संघले गोपालभगत प्रधान र जगत शाक्यलाई मरोणप्रान्त सम्मान गरेको छ । सोही कार्यक्रममा संघका कार्यकारी अधिकृत रमेश भट्टराई उत्कृष्ठ कर्मचारी घोषणा गरिएको छ । भट्टराईलाई पूर्व अध्यक्ष ढकालले नगद ५ हजार र प्रमाणपत्र बितरण गर्नु भयो । कार्यक्रममा व्यापारीहरु उमेश दान निज्या, दीलसुन्दर श्रेष्ठ, सुमन श्रेष्ठ लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रममा खाँदबारी नगरकी उपप्रमुख डेगेश्वरी श्रेष्ठ, कांग्रेस सभापति दीपनकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी, ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष तारा घिमिरे, झापा उद्योग वाणिज्य संघका अध्यक्ष, संखुवासभा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अनन्तकुमार गौली लगायतले पनि शुभकामना दिनु भएको थियो । संघका अध्यक्ष युवराज शाक्यको सभापतित्वमा भएको कार्यक्रम महासचिब सरोज बज्राचार्यले संचालन गर्नु भएको थियो भने कार्यक्रम समापन प्रथम उपाध्यक्ष कृष्णभगत प्रधानले गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस