खाँदबारी नगर घेदुङमा टेक बहादुर डूम्जन


पौष २४, 
संखुवासभा जिल्लाको खाँदबारी नगरपालिकामा नगर घेदुङ गठन भएको छ । मंगलबार भएको कार्यक्रममा टेक बहादुर डुम्जनको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरिएको छ । समितिको प्रथम उपाध्यक्षमा सिता माया तामाङ, द्धितीय उपाध्यक्ष कुमार तामाङ, सचिव रमेश तामाङ, सह–सचिवमा लाल बहादुर तामाङ र कोषाध्यक्ष कविता तामाङ रहेका छन् ।

नेपाल तामाङ घेदुङ केन्द्रिय सदस्य बिन्दा तामाङको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समितिका अध्यक्ष गणेश कुमार स्याङबोले भाषा, धर्म, संस्कार, सस्कृतिलाई र आप्mनो हक अधिकार पहिचानको लागि नगर समिति गठन गर्नु परेको बताए । 

प्रतिकृया दिनुहोस