बरिष्ठ कलाकार भिमबहादुर थापाको निधन

जेष्ठ ३०, 

बरिष्ठ कलाकार भिमबहादुर थापाको निधन भएको छ । ९३ वर्षिय थापाको गएराती आफ्नै निवास काठमाडौं मैतीदेवीमा उहाँको निधन भएको हो । थापा लामो समयदेखि छाती, फोक्सोलगायत समस्याबाट पीडित हुनुहुन्थ्योे । उहाँले थुप्रै चलचित्र, टेलिचलचित्र र रेडियो नाटकमा अभिनय गर्नुभएको थियो । उहाँ पहिले नेपाली सेनामा पनि कार्यरत हुनुहुन्थ्यो । थापासँग सीआईएनले केहि समय अघि नब्बे पार सक्रिय लगातार श्रृंखलाका लागि कुराकानी पनि गरेको थियो । 

प्रतिकृया दिनुहोस