भारतमा सामान्य वर्गलाई आरक्षण दिने विधेयक पारित


पौष २५, 
सामान्य वर्गलाई आरक्षण दिने विधेयक बहुमतले पारित भएको छ । भारतीय  प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार लोमसभामा प्रस्तुत गर्नुभएको सो विधेयक गएराति मतदानबाट पारित भएको हो । भारतमा रहेका सामान्य वर्गका मानिस जो आर्थिक रुपले पिछडिएका छन् उनीहरुलाई १० प्रतिशत आरक्षण दिनका लागि सो विधेयक ल्याइएको हो । जसका लागि भारतको संविधान (१ सय २४ संशोधन) विधेयक लोकसभाबाट पारित भएको हो । भारतीय प्रधानमन्त्री मोदीले संसदमा सो विधेयक पेश गरेको लामो बहसपछि हिजो अवेरराति मतदान गरिएको थियो । जसमा विधेयकको पक्षमा ३ सय २३ र विपक्षमा जम्मा ३ मत परेको थियो । लोकसभाबाट पारित भएको विधेयक आज राज्यसभामा पेश हुने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । प्रतिपक्षी सहितका केही दलले भने भारतीय राजनीतिमा यस  विधेयकलाई सन् २०१९ मा हुने लोकसभा चुनावको लागि मोदीद्वारा गरिएको राजनीतिक खेल मानिएको छ ।
 

प्रतिकृया दिनुहोस