दिल सुन्दर राई स्मृति फुटबल प्रतियोगिता हुने


पौष २६, 
संखुवासभाको सभापोखरी गाउँपालिका २ धुपू गाठगाउँमा दिल सुन्दर राई स्मृति खुल्ला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । खेल संस्थापक राईको स्मृतिमा राष्ट्रिय मानव सेवा संघ गोठगाउँले प्रतियोगिता गर्न लागेको हो । 
संघले माघ ३ गतेदेखि ५ गतेसम्म सिमलेबार खेल मैदानमा प्रतियोगिता गर्ने खेल संयोजक डेगेन्द्र राईले बताए । प्रतियोगितामा प्रथम द्धितीय र तृतीय हुनेले क्रमश २० हजार २०, १२ हजार १२ र ७ हजार ७ पाउने छन् । विभिन्न समाजसेवी व्यक्तिहरुको आर्थिक सहयोगमा प्रतियोगिता हुन लागेको खेल संयोजक राईले बताए ।

प्रतिकृया दिनुहोस