ट्रेल रेसका लागि सिर्जना आज हङकङ जादै


पौष २६, 
गोर्खा ट्रेल ब्लेजर ट्रेल रेस प्रतियोगितामा भाग लिन धावीका सिर्जना हङकङ जाने भएकी छिन् । प्रतियोगिताका लागि संखुवासभाकी सिर्जना बिहीबार हङकङ जान लागेकी हुन् ।

गोर्खा सेमेस्ट्री ट्रष्ट हङकङको आयोजनामा शनिबार हुने ट्रेलमा १२ र २६ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । सिर्जनाले २६ किलोमिटरको स्पर्धामा भाग लिने छिन् । सिर्जनालाई जिल्ला खेलकुद विकास समिति संखुवासभाले मंगलबार शुभकामना दिदै बिदाई गरेको थियो ।

सिर्जना सहित राष्ट्रिय खेलकुद परिषदका अफिसियल टिमलाई राखेपका सदस्यसचिव केशवकुमार विष्टले बुधबार विदाई गरेका छन् । सिर्जना अन्नपूर्ण ट्रेल (५० किलोमिटर) र पोखरा ट्रेल (५५ किलोमिटर) की विजेता हुन् ।

प्रतिकृया दिनुहोस