समाचार

भिटामिन डीको कमीले हड्डीमा समस्या हुने चिकित्सकको भनाई

news

शरिरमा भिटामिन डीको कमी हुदाँ हड्डी सम्बन्धी समस्या हुने चिकित्सकहरुले बताएका छन् । यो भिटामिनको कमी हुदाँ थकाई लाग्ने मांसपेशी दुख्ने, गर्भवती महिलाहरुको बच्चा नै अपाङ्ग जन्मन सक्ने खतरा हुने पोषणविद् विनीता पन्तले बताउनु भयो । त्यस्तै हड्डी दुख्ने ,बालबालिकाहरुको तालुमा कमाल नआउँने,ढाड बागिंने लगाएतका समस्या पनि हुन सक्ने भएकाले सजग रहन चिकित्सकहरुको आग्रह छ । भिटामिन डीको लागि विहान र बेलुकाको घाममा बस्न चिकित्सकहरुको सुझाव छ ।  दुध, दहि, माछा, मासुबाट पनि भिटामिन डी प्राप्त गर्न सकिने पोषणविद् पन्तले बताउनु भयो । पूरै शरीर ढाकेर हिड्ने, सधै छाता ओडेर हिड्ने, घर भित्रै बसेर काम गर्ने, शरिरमा भिन्न क्रिम प्रयोग गर्ने ,घाममा ननिस्कने व्यक्तिलाई भिटामिन डीको कमि हुन सक्ने चिकित्सकहरु बताउछन् । उमेर ढल्किएसँगै भिटामिन डी घट्दै जाने भएकाले विशेष ध्यान दिन  चिकित्सकहरुले आग्रह गरेका छन् ।