समाचार

डेढ दशकदेखि बिरामी श्रीमतीको सेवामा : गाउँले भन्छन्, ‘श्रीमान् होस् त वीरबहादुर जस्तो’

news

 
खाँदबारी नगरपालिका ८ का स्थानीय बीरबहादुर राई जीवन संगिनी थलिएको डेढ दशक भयो । पछिल्लो समय नेपालमा सम्बन्धमा केही असहजता आउने वित्तिकै सम्बन्ध विच्छेद गर्ने, अशक्त भएपछि अर्को बिवाह गर्ने तथा हेरचाह नगर्ने जस्ता विकृती जन्य क्रियाकलापहरुलाई चुनौति दिँदै निरन्तर उनी निरन्तर सेवामा लागिरहे ।
 
आफ्नी जीवन संगिनी धनमाया राई लामो समयदेखि पक्षघात  भएपनि निरन्तर सेवा गरिरहेको भन्दै सिंहदेवी महिला समूह पिप्लेले एक कार्यक्रम आयोजना गरी राईलाई सम्मान गरेका छन्  । महिला समूहले राईसँगै उनकी जीवन संगिनी धनमाया राईलाई समेत  दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
 
समाजको विकास क्रम सँगसँगै महिलालाई सेविकाको रुपमा मात्र हेर्ने सामाजिक र पारिवारिक संस्कार अवलम्वन हुँदै आएको  मानसिकतालाई आफ्नो सेवा डेड दशक यता ब्यवहार मार्फत खुल्ला चुनौति दिदै  जीवन संगिनीको सेवामा खटिएको भन्दै राईलाई दोसल्ला ओढाएर  सम्मान गरिएको सिंहदेवी महिला समूहकी अध्यक्ष सृजना रोक्काले बताइन् ।
 
कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले समाजका उदाहरणीय ब्यक्तिलाई सम्मान गरेर महिला समूहले अर्को उदाहरणीय काम गरेको बताएका छन् ।  कार्यक्रममा बोल्दै शाक्यले बिरामी धनमाया राईले बीर बहादुर राई जस्तो श्रीमान पाउनु सौभाग्य रहेको बताए ।
 
उनले थपे मैले आजसम्म विभिन्न कार्य यस्तो सराहनीय काम गर्ने मान्छे नभेटेको भन्दै भावुक बनेका थिए । प्रमुख शाक्यले गहभरी आँसु बनाउदै भने  समय पश्चिमा साँस्कृतिले नेपाली समाजलाई गाज्दै लगेको अवस्थामा बीरबहादुर राईबाट अरुले पनि सिक्नु पर्ने बताए ।
 
बिरामीको चाहनालाई बुझेर लामो समयदेखि बिरामीको सेवामा लागेकोमा राईप्रति आफ्नो उच्च सम्मान ब्यक्त गरे । बिरामी राईलाई उनका श्रीमान अन्य काम छोडेर श्रीमतिका स्याहारमा मात्र खटिएका छन् ।  राई दम्पत्तीका तीन छोरीहरु समेत छन् ।