समाचार

सहिद स्मारक ए’ डिभिजन लिग अन्तर्गतको तेस्रो चरणको खेल आजबाट सुरु हुँदै

news

 
मंसिर ६, 
सहिद स्मारक ए’ डिभिजन लिग अन्तर्गतको तेस्रो चरणको खेल आज सुरु हुँदैछ । तेस्रो चरणको खेलमा आज दुई खेल हुनेछन् । आज हुने पहिलो खेलमा च्यासल युथ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । एन्फा कम्प्लेक्समा हुने यी दुई टीमबीचको खेल बिहान ११ बजे सुरु हुनेछ । दुवै टोली एक खेलमा बराबरी र एक खेलमा हार ब्यहोर्दै तालिकाको पुछारमा छन् । च्यासल नवौ स्थानमा छ भने एनआरटी १० औ स्थानमा छ । यस्तै आजै हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा अपराजीत रहेका यी दुई क्लबबीचको खेल दिउँसो साढे २ बजे सुरु हुनेछ । लिगको शीर्ष स्थानमा रहेको थ्री स्टारको २ खेलबाट ६ अंक छ भने समान अंक जोडेर पनि  गोल अन्तरका आधारमा मनाङ दोस्रो स्थानमा छ । उपाधि दावेदार मानिएको यी दुई टीमबीचको खेल निकै रोमाञ्चक हुने ठानिएको छ ।