समाचार

विदेशबाट फर्किएकाको सीप परीक्षण हुने

news

 
मंसिर १६,  
सरकारले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको सीप परीक्षण गर्ने भएको छ । विदेशमा उनीहरुले सिकेको सीपको परीक्षण गरी प्रमाण पत्र दिने तयारी सरकारले गरेको हो । सातै प्रदेशका विभिन्न जिल्लाबाट फारम संकलन गरेर २० प्रकारका सीपको निःशुल्क परीक्षण हुने छ । सीप परीक्षण गराउन इच्छुक व्यक्तिले राष्ट्रिय सीप परीक्षण समितिले तयार गरेको मापदण्ड अनुसार फारम भरेर आगामी पुस ११ गतेभित्रमा बुझाउनु पर्नेछ । आवेदन दिने समय सुरु भइसकेको जनाइएको छ । फारम संकलन भइसकेपछि सीप परीक्षण हुने मिति र स्थान सकभर पाएक पर्ने गरी तोकिने वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले सीआइएनसँग बताउनुभयो । सीप परीक्षण गर्दा सरकारले तोकेका २० प्रकारका सीप मध्ये एक व्यक्तिले एक प्रकारको सीपको परीक्षण गाराउन पाउनेछन् । यही आर्थिक वर्ष एक हजार जनाको सीप परीक्षण गर्ने सरकारको लक्ष्य छ । बाँकीको पनि श्रोतको सुनिश्चितता भइसकेपछि निरन्तरता दिने बोर्डले जनाएको छ । राष्ट्रिय सीप परीक्षण समितिबाट स्वीकृत सीप प्रणालीका अनुसार गरिनेछ ।