समाचार

ताप्लेजुङका सबै स्थानीय तहमा यातायातको पहुँच

news

 
मंसिर १६,  
भौगोलिक हिसाबले विकट मानिएको ताप्लेजुङका सबै स्थानीय तहमा यातायातको पहुँच पुगेको छ । मिक्वाखोला गाउँपालिकामा सवारी साधन पुगेसँगै जिल्लाका ९ वटै तहका नागरिकले गाडीबाटै सदरमुकाम आवतजावत गर्न सक्ने भएका हुन् । फुङलिङ नगरपालिका र मिक्वाखोला गाउँपालिकाको बिचमा रहेको तमोर नदीमा डाइभर्सन बनेपछि गाडी आवत् जावत् गर्न थालेको मिक्वाखोला १ का वडाध्यक्ष सुरेश थापाले बताउनुभयो । १२ वटा ह्युम पाइप र तार जालिसहितको डाइभर्सन बनाइएको छ । पारीपट्टिको फुङलिङ बजारमा मात्रै गाडी देखेका मिक्वाखोलावासी गाउँमा गाडी पुगेसँगै खुशी भएका छन् । बजारसम्म ओहोरदोहोर गर्न, बिरामी पर्दा र गाउँमा फलेका तरकारी, अन्नपात बिक्रि गर्न सहज हुने स्थानीय दिपेन्द्र बस्नेतले बताउनुभयो । मिक्वाखोलाको वडा नं १, २ र ३ का प्रत्येक गाउँसम्म सडक विस्तार भएको छ । गाउँपालिका केन्द्र साँवासम्म भने तत्काल सवारी सञ्चालन हुने अवस्था छैन । यहि वर्षको अन्त्यसम्ममा गाउँपालिकाको केन्द्रसम्म सडक पु¥याउने योजना रहेको गाउँपालिकाले जनाएको छ ।