समाचार

फ्रान्समा संकटकाल घोषणाको तयारी

news

 
मंसिर १७, 
फ्रान्समा सरकार विरोधी प्रदर्शन चर्किएपछि राष्ट्रपति इम्यानुअल म्याक्रोले आकस्मिक सुरक्षा बैठक आह्वान गर्नुभएको छ । प्रदर्शन हिंसात्मक बन्दै गएपछि फ्रान्सेली सरकार संकटकाल घोषणाको तयारीमा रहेको अन्तराष्ट्रिय संञ्चार माध्यमहरुले जनाएका छन् । इन्धनको मूल्यवृद्धिको विरोधमा फ्रान्सका हजारौं जनता सरकारविरुद्ध सडकमा उत्रिएका उत्रिएपछि प्रदर्शन हिंसात्मक बन्दै गएको छ । प्रहरीले ४ सय भन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको बिबिसीले जनाएको छ ।