समाचार

खोटाङमा ठेकेदारलाई कारबाही गर्न प्रतिनिधिसभा सदस्यको माग

news

 
मंसिर १८, 
खोटाङका प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले साप्सु खोला र सुनकोसीको फोक्सिङटारको पुल निर्माणको काममा ढिलासुस्ती गर्ने ठेकेदारलाई कालोसूचीमा राखेर कारबाही गर्न माग गर्नुभएको छ । सांसद भट्टराईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ र साकेला गाउँपालिका–५ मात्तिम जोड्ने साप्सु खोलामा पक्की पुल निर्माणको काममा ढिलासुस्ती गर्ने ठेकेदार कम्पनी गजुरमुखी हरिहरि निर्माण सेवा जेभी र खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित फोक्सिङटार पुलको काममा ढिलासुस्ती गर्ने ठेकेदार कम्पनी गौरी पार्वती वाईपी जेभीलाई कालोसूचीमा राखेर कारबाही गर्न माग गर्नुभएको हो । म्याद गुज्रेको लामो समय बित्दा समेत दुईवटा पुल निर्माणको काम अलपत्र परेकाले ठेकेदारमाथि कारबाही माग गर्नु परेको भट्टराईले बताउनुभयो । पुल निर्माणको काममा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही गर्नका लागि भट्टराईले जिल्ला प्रशासन कार्यालय खोटाङ, जिल्ला समन्वय समिति, सार्वजनिक खरिद अनुगमन कार्यालय र सडक विभाग काठमााडौंलाई बोधार्थ दिनुभएको छ ।