समाचार

विद्यालयबीचमा मितेरी साईनो स्थापित

news

 
मंसिर १८, 
खोटाङको एक सामुदायीक विद्यालय र मोरङको एक निजी विद्यालयबीच मितेरी साईनो स्थापित गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जालपा मावि र विराटनगर महानगरपालिका–३ स्थित मोडर्न एरा इंलिस बोर्डिङ स्कुलबीचमा हिजो  मितेरी साईनो स्थापित गरिएको हो । पारस्परिकरुपमा शैक्षिक गुणस्तर अभिबृद्धिका लागि परम्परागत तरिकाले चिनो साटेर दुई विद्यालयबीचमा मितेरी साईनो स्थापित गरिएको बताइएको छ ।