समाचार

फ्रान्समा आन्दोलन हिंसात्मक बन्दै, ३ जनाको मृत्यु

news

मंसिर १८, 

फ्रान्समा लगाइएको नयाँ कर र डिजेलको मुल्य वृद्धि बिरुद्ध भएको आन्दोलन हिंसात्मक बन्दै गएको छ । आन्दोलनका क्रममा प्रहरीले गोली चलाउँदा ३ जनाको मृत्यु भएको छ । लाखौ संख्यामा उत्रिएका आन्दोलनकारी बीच भागदौड हुँदा एक हजारभदा बढी घाइते भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।  मृत्यु हुनेमा एक महिला र २ पुरुष छन् । आन्दोलनका कारण संकलटकाल लगाउने विषयमा पनि छलफल सुरु भएको छ । फ्रान्स सरकारले गत एक वर्षको अन्तरालमा कर र डिजेलको मुल्य २३ प्रतिशतले बढाएको छ ।