समाचार

राष्ट्रियसभाले तीनै तहका सरकालाई मिलाउने गरि छलफल गर्दै

news

 
मंसिर १९, 
राष्ट्रियसभाले तीनै तहका सरकालाई मिलाउने गरि पहल सुरु गरेको छ । संघ, प्रदेश र स्थानीय सरकारबीच देखिएको अप्ठ्यारो, विवादका विषयमा आज राष्ट्रियसभाको समितिले छलफल गर्दैछ । संघीय संरचनामा उत्पन्न विवाद समाधान गर्न आफ्नो भूमिका बढाउदै आज राष्ट्रिय सरोकार तथा समन्वय समितिले बैठक बोलाएको छ । संघीयता कार्यान्वयनमा देखिएका चुनौती समाधानमा भएका प्रगतिबारे जान्न समितिले बैठकमा अर्थ, कानुन, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीलाई एकसाथ बोलाएको हो । बैठकमा तीन तहबीच देखिएको विवाद, गुनासो सम्बोधन तथा तहगत समन्वयबारे छलफल हुने बताइएको छ । सरकारले आवश्यक कानुन, जनशक्ति तथा स्रोतसाधन नदिँदा संवैधानिक अधिकार प्रयोगमा बाधा उत्पन्न भएको प्रदेश तथा स्थानीय सरकारको गुनासो छ । संविधानले तीन तहबीच समन्वयका लागि संघीय कानुन बनाउन सकिने भनेको छ । कानुन र आवश्यक संरचना नभएकै कारण तीन तहबीच छलफलको साझा थलो निर्माण हुन सकेको छैन । बैठकमा जिल्ला समन्वय समिति महासंघ, नगरपालिका संघ र गाउँपालिका महासंघका प्रतिनिधिलाई बोलाइएको छ ।