समाचार

कांग्रेसमा नयाँ विधानमाथिको छलफल जारी

news

 
मंसिर १९, 
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठकमा विधानमा राखिएको व्यवस्थाका विषयमा फरक फरक भनाइ आइरहेका छन् ।  पार्टी सभापति सर्वसम्मत चयन गर्ने व्यवस्था विधानमै गर्नुपर्ने प्रस्ताव पेश गरिएको छ । विधान संशोधन मस्यौदामाथिको छलफलमा भाग लिँदै केन्द्रीय सदस्यहरुले उमेरहद तोक्नेपर्ने प्रस्ताव पनि गरेका छन् । ७० वर्ष पुगेपछि पार्टीको पदीय जिम्मेवारीबाट विदा लिनेगरि विधानमा नै व्यवस्था गर्न युवा नेताहरुले दवाव दिएका छन् । हिजोको बैठकमा जीवनबहादुर शाहीले पार्टी सभापति सर्वसम्मत चयन हुनुपर्ने व्यवस्था विधानमै गर्नुपर्ने प्रस्ताव अघि सार्नुभएको हो । पार्टीको आगामी मंसीर २८ गतेदेखि सुरु हुने महासमिति बैठकमा पेश गरिने विधान संशोधन मस्यौदामा केन्द्रित भएर बैठक चलिरहेको छ । आज पनि बिहान ११ बजेपछि पार्टी कार्यालयमा बैठक बस्नेछ ।