समाचार

प्रशोधन केन्द्र खुलेपछि झापाका किसानले लागत पाउने

news

 
मंसिर १९, 
सहकारीको माध्यमबाट झापामा ४ वटा चिया प्रशोधन कारखाना सञ्चालनमा आएका छन् । नेपाल सरकार र सम्बन्धित सहकारीको आधा आधा लगानीमा कारखाना सञ्चालन गरिएको हो । अब वर्षौदेखिको साना चिया किसानहरुको मुल्य सम्बन्धी समस्या समाधान हुने, अपेक्षा गरिएको छ । हरियो पत्ति उत्पादन गर्ने साना चिया किसानले उत्पादन लागत नै पाउन छोडेपछि प्रशोधन केन्द्रको स्थापना गरिएको हो । यसले किसानमा चिया खेति प्रतिको घटेको मोह अब भने बढ्नेमा स्थानीय चिया किसानहरु आशावादी छन् । किसान मिलेर सहकारी मार्फत् चिया प्रसोधन केन्द्र खोलिएपछि हरियो पत्तिको मूल्य नपाउने वर्षौं देखिको समस्या समाधान हुनेमा किसान आशावादी भएका हुन् । सहकारीमा किसान स्वयम्को सहभागिता हुने भएकाले हरियो पत्तीको मूल्य पाउने किसानहरुको विश्वास छ । सहकारीले साना चिया किसानको समस्या समाधान गर्ने सहकारी संस्था लिमिटेड हल्दिबारीका अध्यक्ष हर्क तामाङले बताउनुभयो ।