समाचार

पपुवामा २४ मजदुरको हत्या

news

 
मंसिर १९, 
इन्डोनेसियाको पूर्व प्रान्त पपुवामा २४ मजदुरको हत्या भएको छ । बन्दुकधारीले गोली हानेर निर्माण क्षेत्रमा संलग्न कम्तिमा २४ जना मजदुरको हत्या गरेका हुन् । इन्डोनेसियाको निकै दुर्गम पहाडि गाउँ नदुगा क्षेत्रमा सडक र पुल निर्माणमा संलग्न मजदुरको गोली हानी हत्या भएको बीबीसीले लेखेको छ ।  मजदुरको हत्या भएको विषयमा छानबिन गर्न गएको सुरक्षाकर्मीको टोलीमा संलग्न एक जनाको समेत गोली हानी हत्या भएको अधिकारीहरुले जनाएका छन् । प्रहरीले घटनामा पृथकतावादीको संलग्नता रहेको आरोप लगाएको छ ।