समाचार

भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणको जिम्मा अब स्थानीय सरकारलाई

news

 
मंसिर २०, 
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित क्षेत्रका सबै स्थानीय तहसँग समझदारी गरेर पुनर्निर्माण सम्बन्धी कार्य जिम्मेवारी हस्तान्तरण गर्ने भएको छ । प्राधिकरणको कार्यकारी समितिको बैठकले पुनर्निर्माणको कामलाई छिटो र प्रभावकारी बनाउन सम्बन्धित स्थानीय तहसँग छुट्टा–छुट्टै समझदारी गर्ने निर्णय गरेको हो । बैठकले पुनर्निर्माणको समीक्षा गर्न र स्थानीय तहहरुसँग समझदारी गर्नका लागि प्राधिकरणले भोलिदेखि भूकम्प प्रभावित क्षेत्रमा समीक्षा कार्यक्रम र पुनर्निर्माण जिल्ला समन्वय समितिको बैठक आयोजना गर्ने निर्णय पनि गरेको छ । 
यसैबीच, गाउँपालिका राष्ट्रिय महासंघले भने सरकारले स्थानीय तहलाई नामको अधिकार मात्र दिने गरेको भन्दै असन्तुष्टि जनाएको छ । सीआइएनसँगको कुराकानीमा महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले स्थानीय तहलाई स्रोत सहितको अधिकार दिएमात्र स्थानीय तहलाई प्रभावकारी काम गराउन सहज हुने बताउनुभयो ।