हिउँले सेताम्मे संखुवासभा

पर्यटकीय स्थल गुफापोखरी


जाडो याम सँगै संखुवासभामा बाक्लो हिमपात भए सँगै जनजीवन प्रभावित बनेको छ । करिब एक दशक पछि हल्का बर्षा सँगै हिमपात भएपछी जनजीवन प्रभावित बनेको हो । सुक्रबार परेको हिमपातले जनजीवन प्रभावित बनेको गुफा बजारका सन्तोष लिम्बुले बताए । करिब ४ ईन्च बाक्लो परेको हिउँका कारण यहाँका स्थानीयहरुलाई दैनिक काम गर्न समेत समस्या बनेको छ ।

संखुवासभा सहित तेह्रथुम, धनकुटा र ताप्लेजुङ जिल्लाको माथिल्लो भेगमा हिउँ पर्दा नागरिकहरुको जनजीवन प्रभावित बनेको छ । हिउँका कारण यहाँका स्थानीयहरुलाई घाँस दाउरा मेलापर्म तथा घरयासी काम गर्न समेत जाडोले समस्या बनेको छ । पशुचौपायाहरु चरनमा लैजान ल्याउन समेत समस्या बनेको आङदिमका डालेश्वर लिम्बुले बताए । बर्षै पछी हिउँ परेको कारण यहाँका स्थानीय तथा बाह्य नागरिक हिउँ सँगै खेल्न हौसिएका छन् । हिउँ पर्ने स्थानको रुपमा परिचित बन्दै आएको पुर्बी पहाडी जिल्लाको टिएमजे क्षेत्र करिब एक दशक पछी हिउँ परेको स्थानीयहरुले बताएका छन्।

जलबायु परिवर्तका कारण हिउँ पर्ने सिजनमा केहीबर्ष देखी तुसारो मात्रै पर्दै आएको बसन्तपुर बजारका रवीकिरण मादेनले बताए । पूर्बी तराईबाट हिउँ खेल्न बर्षेनी यस क्षेत्रका पर्यटकहरु भित्रीए पनी तुसारो हेरेरै फन्किदै आएका थिए । बाक्लो हिमपात भए सँगै पर्यटकहरु भित्रीने संख्यामा बढ्ने भएको देखिन्छ । पुर्बी पहाडको पर्यटकीय गन्तब्य तिनजुरे,मिल्के र जलजले क्षेत्रका साथै लेकाली क्षेत्रमा हिमपात भएकाले जनजीवन प्रभावित बने पनी पर्यटकहरु हिउँ खेल्न हौसिएका छन । हिउँ सँगै हल्का परेको पानीका कारण किसानहरुले लगाएको तरकारीबालीमा राहात मिलेको छ ।

किसानहरुले लगाएको तरकारीबाली सिचाँई अभाबका कारण खडेरीले सुख्खा भएको भेगमा समेत राहात बनेको किसानहरुले बताएका छन् । धनकुटाको हिलेको उच्च भाग सँगै सिधुवा,चित्रेडाँडा,तिनजुरे,लगायतको क्षेत्रका हिउँले डाकेर सेताम्मै बनेको छ । सेताम्मै हिउँ परेको डाडाँमा पर्यटकहरु हिउँमा रमाई रहेको देखिन्छ । बर्षौदेखी हिउँले ढाक्न छोडेको लेकाली डाडाँहरु पौषको दाश्रो हप्तामा परेको बर्षा सँगै हिउँले सेताम्मै बनेका छन ।

प्रतिकृया दिनुहोस