मनकामनामा लागेको एकादशी मेलामा ५ सयको स्वास्थ्य परिक्षण
संखुवासभा - खाँदबारी नगरपालिका ९ स्थित मनकामना मन्दिर परिसरमा लागेको एकादशी मेलामा सेनाको इन्द्रदल गुल्मले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा एकै दिन ५ सय जनाले स्वास्थ्य परिक्षण गरेको छ।
गुल्मका अनुसार बिहिबार राती लागेको एकादशी मेलामा ५०० भन्दा बढी नागरिकले स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवा लिएका हुन् । मेला शुक्रबार राति सम्म लाग्ने छ । २ बाहिनी अड्डाअन्तर्गतको नम्बर २ फिल्ड एम्बुलेन्स, हिलेको सहयोगमा शिविर सञ्चालनका लागि गुल्मले खाँदबारी नगरपालिका, जिल्ला अस्पताल खाँदबारी, नेपाल रेडक्रस सोसाइटी संखुवासभा सँग समन्वय गरेको थियो ।
यस किसिमका सेवामूलक गतिविधिले नेपाली सेना र नागरिकबीचको आपसी विश्वास, सद्भाव र आत्मीयता अभिवृद्धि गर्नुका साथै नागरिक–सैनिक सम्बन्धलाई थप सुदृढ बनाउन योगदान पुर्याएको इन्द्र दल गुल्मका गुल्नपति सेनानी सञ्जय सिलवालले बताए ।





प्रतिकृया दिनुहोस