दीपनकुमार श्रेष्ठको नयाँ गीत ‘सानु तिम्रो’ सार्वजनिक (भिडियो सहित)
गीतकार तथा नेपाली काँग्रेसका नेता दीपनकुमार श्रेष्ठको ‘सानु तिम्रो’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । आइतबार (आज) किरण क्रेसन युटयुव च्यानल मार्फत सो गीत सार्वजनिक गरिएको हो ।
‘सानु तिम्रो दिलभित्र फुल्न पनि सकिएन, तिम्रो मिठो संम्झनालाई भुल्न पनि सकिएन….’ बोलको सो गीत अत्यन्तै भावुकताले भरिएको शब्दहरु कोरिएको छ । उक्त मार्मिक गीतमा स्वर नेपाल आइडलका फाइनलिष्ट प्रविण बेडवालको छ । संगीत सुरेन्द्र पुलामीको रहेको छ भने संगीत संयोजन भने भविन ढुङगानाले गरेका हुन् ।
आज प्रणय दिवशको अवसर पारेर गीत सार्वजनिक गरिएको गीतकार श्रेष्ठले बताए । राजनितीका साथसाथै श्रेष्ठ एक कुशल गीतकार समेत हुन् । उनले हालसम्म चार सय बढि गीत रचना गरेका छन् । तिमध्ये हाल डेढ दर्जन भन्दा बढि गीत रेकर्ड भएर बजारमा आईसकेका छन् । उनको शब्दमा चर्चित गायक राजेशपायल राई, भीषण मुकारुङ, भविन ढुङगाना, गोपाल सरगम राई लगायतले स्वर दिईसकेका छन् ।
दृष्टिविहिन गायिका रीता राईको स्वरमा रहेको ‘खोस्यौ दैव दृष्टि मेरो….’ र गायिका सुजिता पोख्रेलको स्वरमा रहेको ‘बाबा….’ बोलको गीतमा भने शब्द संगीत दुवै श्रेष्ठकै रहेको छ ।
श्रेष्ठ लामो समय देखि संखुवासभा जिल्लामा राजनितिमा सक्रिय छन् । उनी नेपाली काँग्रेसकाे सचिव हुदैं निवर्तमान जिल्ला सभापति समेत हुन् । भने हाल महाधिबेसन प्रतिनिधी तथा महासमिति सदस्य समेत हुन् । खाँदबारी नगरपालिका–१ का स्थायीबासिन्दा श्रेष्ठ बौद्धिक नेताको रुपमा समेत परिचित छन् ।
भिडियाे लिक तल हेर्नु हाेला ।
https://youtu.be/yQ-pYG8RI14







प्रतिकृया दिनुहोस