महेन्द्र माबिमा महिनाको अन्तिम शुक्रबार जातीय भेषभूषा
खाँदबारीको महेन्द्र माध्यमिक विद्यालय मानेभञ्ज्याङ्गका विद्यार्थी र शिक्षक हरेक महिनाको अन्तिम शुक्रबार जातीय भेषभूषामा सजिएर आउने गरेका छन् । संस्कृति हराउँदै गएको र जातीय पहिचान गुम्दै गएपछि विद्यालयले हरेक महिनाको अन्तिम शुक्रबार जातीय भेषभुषा लगाउने निर्णय गरेको हो ।
विदेशी रहनसहन, भेषभूषाले मिच्दै संस्कृति हराउदै गएकाले शिक्षक र विद्यार्थीले जातीय भेषभूषा लगाउन थालेको विद्यालयका साहित्यिक तथा सांस्कृतिक विभाग संयोजक कृष्णबहादुर चापागाइले बताए । उनको संयोेजकत्वमा नेवार, तामाङ्ग र राई जातीका नृत्यहरु सहित गायनको कार्यक्रम गरिएको थियो । विद्यालयका सहायक प्रअ सनम थापाले आउँदा दिनमा यो कार्यक्रम पूर्ण रुपमा सफल पार्ने बताए ।
विभिन्न जातका जातीय पोशाक लगाउँदा विद्यालय एउटा रङ्गीन वगैचाका रुपमा देखिउको थियो । सबै विद्यार्थी तथा शिक्षकमा यो उल्लासमय वातावरण सिर्जना भएको उनले बताए ।


1640663166.jpeg)




प्रतिकृया दिनुहोस