सभाखोलामा नुहाउने क्रममा १२ वर्षीया बालिकाको मृत्यु

संखुवासभा - संखुवासभाको सभापोखरी गाउँपालिका–६ बाह्रविसेमा नुहाउने क्रममा खोलाले बगाउँदा १२ वर्षीया एक बालिकाको मृत्यु भएको छ।

 

मंगलबार दिउँसो करिब २:५० बजे स्थानीय तुलबहादुर लिम्बुकी १२ वर्षीया छोरी जानकी लिम्बु र सोही स्थानका खानबहादुर लिम्बुकी १० वर्षीया छोरी रेसु लिम्बु घरदेखि करिब २ सय मिटर उत्तर–पश्चिममा रहेको सभाखोलामा नुहाउन गएका थिए । सोही क्रममा आएको खोलाले जानकीलाई बगाएको प्रहरीले जनाएको छ।

 

घटनापछि खोजीका क्रममा पाँचखपन नगरपालिका–१ मा निर्माणाधीन दिव्यश्वरी हाइड्रोपावरको ड्यामको पश्चिमतर्फ ढुंगामा उनको शव अड्किएको अवस्थामा फेला परेको डिएसपी कुमारप्रसाद मैनालीले बताए । खबर प्राप्त हुनासाथ प्रहरी चौकी बाह्रविसेबाट प्रहरी सहायक निरीक्षक देवनारायण माझीको नेतृत्वमा खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर स्थानीयको सहयोगमा शव पानीबाट बाहिर निकालेको छ।

 

घटनामा जानकीसँगै नुहाउन गएकी १० वर्षीया रेसु लिम्बु भने सकुशल रहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस