संखुवासभाको मनराम मोटर्सलाई चौथो पटक पनि एफडी विभागतर्फ उत्कृष्ट डिलर अवार्ड
संखुवासभा -महिन्द्रा एण्ड महिन्द्रा कम्पनीद्वारा उत्पादित सवारीसाधन तथा ट्र्याक्टरको आधिकारिक बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्दै आएको संखुवासभाको मनराम मोटर्सले पुनः एफडी विभागतर्फ उत्कृष्ट डिलर अवार्ड प्राप्त गरेको छ।
पूर्वी पहाडी जिल्लाका ग्राहकलाई लक्षित गरी गुणस्तरीय बिक्री तथा बिक्रीपछिको सेवा उपलब्ध गराउँदै आएको मनराम मोटर्सले ग्राहक सन्तुष्टि, उत्कृष्ट कार्यसम्पादन, बिक्री वृद्धिदर तथा प्रभावकारी व्यवस्थापनका आधारमा यो प्रतिष्ठित सम्मान हासिल गरेको हो।
कम्पनीले लगातार तीन वर्षदेखि उत्कृष्ट डिलरको सम्मान प्राप्त गर्दै आएकोमा यस वर्ष पनि सो उपलब्धिलाई निरन्तरता दिँदै एफडी विभागतर्फ उत्कृष्ट डिलर अवार्ड आफ्नो नाममा पार्न सफल भएको जनाएको छ।
मनराम मोटर्सका महाप्रबन्धक (जीएम) विमल गौतमले यो सफलता सम्पूर्ण ग्राहक, शुभेच्छुक, व्यावसायिक साझेदार तथा कर्मचारीको विश्वास, साथ र समर्पणको प्रतिफल भएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि ग्राहकलाई अझ उत्कृष्ट, विश्वसनीय र गुणस्तरीय सेवा प्रदान गर्दै महिन्द्रा ब्रान्डप्रतिको विश्वासलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे ।
कम्पनीका अनुसार उक्त सम्मानले मनराम मोटर्सलाई अझ जिम्मेवार, सेवामुखी र परिणाममुखी ढंगले अघि बढ्न प्रेरित गरेको छ। आगामी दिनमा पनि पूर्वी पहाडी जिल्लाका ग्राहकलाई आधुनिक, भरपर्दो तथा उत्कृष्ट बिक्रीपछिको सेवा उपलब्ध गराउँदै महिन्द्रा एण्ड महिन्द्राप्रतिको विश्वासलाई अझ सुदृढ बनाइरहने कम्पनीले जनाएको छ।





प्रतिकृया दिनुहोस