संखुवासभामा चट्याङ लाग्दा एक जनाको मृत्यु, दुई जना घाइते
संखुवासभा - संखुवासभाको पाँचखपन नगरपालिका–७ पोखाडमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी कुमारप्रसाद मैनालीका अनुसार बुधबार साँझ करिब साढे ६ बजे स्थानीय टिका भण्डारीको अलैँची भट्टीमा अलैँची केलाउने क्रममा चट्याङ पर्दा पाँचखपन–७ पोखाडका २८ वर्षीय उमेश दाहाल, ६४ वर्षीय पुष्पलाल कटुवाल र ६२ वर्षीय छत्रबहादुर दाहाल घाइते भएका थिए।
प्रहरी टोली घटनास्थलमा पुगेर घाइते तीनै जनालाई उपचारका लागि पाँचखपन वाना आधारभूत अस्पताल पठाएको थियो। अस्पतालमा उपचारका क्रममा उमेश दाहालको बुधबार राति मृत्यु भएको चिकित्सकले घोषणा गरेका थिए ।
प्रहरीका अनुसार पुष्पलाल कटुवाल र छत्रबहादुर दाहालको अवस्था सामान्य रहेको छ भने उनीहरू अस्पतालमै उपचाररत छन्। मृतक दाहालको शव बिहिबार जिल्ला अस्पताल ल्याइएको छ ।




प्रतिकृया दिनुहोस