प्रहरी सेवामा उत्कृष्ट योगदान पुर्‍याएका डिएसपी कुमारप्रसाद मैनालीलाई ५० हजार रुपैयाँको पुरस्कार

संखुवासभा - प्रहरी सेवामार्फत अपराध रोकथाम, अनुसन्धान, सुरक्षा व्यवस्थापन तथा प्रहरी कार्यसम्पादनमा उत्कृष्ट योगदान पुर्‍याएको भन्दै जिल्ला प्रहरी कार्यालय संखुवासभाला डिएसपी कुमारप्रसाद मैनाली ‘साधनादेवी उत्कृष्ट प्रहरी पुरस्कार’बाट पुरस्कृत भएका छन्।

कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले शुक्रबार ७१ प्रहरी दिवशको अवशरमा जिल्ला प्रहरी कार्यालय सङ्खुवासभामा दरबन्दी भई कार्यरत डिएसपी मैनालीलाई उत्कृष्ट कार्यसम्पादनको मूल्याङ्कन गर्दै उक्त पुरस्कार प्रदान गरेको हो।

पुरस्कारस्वरूप मैनालीलाई नगद ५० हजार रुपैयाँसहित प्रशंसापत्र प्रदान गरिएको हो । प्रहरी सेवाप्रति समर्पण, अपराध नियन्त्रण तथा अनुसन्धानमा योगदान र सुरक्षा व्यवस्थापनमा निर्वाह गरेको भूमिकाको कदरस्वरूप उनलाई सम्मान गरिएको हो।

‘साधनादेवी उत्कृष्ट प्रहरी पुरस्कार’ले प्रहरी कर्मचारीलाई आफ्नो जिम्मेवारीप्रति थप प्रतिबद्ध बनाउनुका साथै इमानदार, व्यावसायिक र जनउत्तरदायी प्रहरी सेवा प्रवाहमा प्रेरणा मिल्ने उनले बताए ।

प्रतिकृया दिनुहोस