खाँदबारी नगरपालिकाका प्रथम उपमेयर घिमिरेको निधन, नगरपालिकाले दियो शोक विदा

संखुवासभा - खाँदबारी नगरपालिकाको प्रथम जननिर्वाचीत उपमेयर जीतबहादुर घिमिरेको निधन भएको छ । बुधबार विहान खाँदबारी नगरपालिका–३ स्थित मानेभञ्जाङ्ग निजी निवासमा ६६ बर्षको उमेर घिमिरेको निधन भएको हो । केही समयअघि देखि क्यान्सर रोगसँग लडिरहेका घिमिरेले रोगलाई जित्न सकेनन् ।

स्वर्गीय घिमिरेको एक श्रीमती, एक छोरा र दुई छोरी रहेको छ । घिमिरेको पार्थिव शरिरलाई अरुण नदी स्थित मनकामनामा बुधबार नै जातिय परम्परा अनुसार अन्तेष्टी गरिएको खाँदबारी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष भरतकुमार घिमिरेले बताए ।

२०५३ सालमा खाँदबारी नगरपालिकाको स्थापना भएको हो । त्यसपछि २०५४ सालको आमनिर्वाचनमा नेकपा एमालेको तर्फबाट स्वर्गीय घिमिरे खाँदबारी नगरपालिकाको उपमेयरमा निर्वाचीत भएका थिए । जीवनभर नेकपा एमाले पार्टीको राजनीति गरेका स्वर्गीय घिमिरे शिक्षण पेशाबाट राजनीतिमा प्रवेश गरेका थिए । पार्टीको विभिन्न जिम्मेवारीमा रहदैं पार्टी संगठनमा बलियो पकड बनाएका थिए । सधैं स्पष्ट बोल्ने, मृदुभाषी, समाजसेवी तथा राजनैतिक ब्यक्तित्व स्वर्गीय घिमिरे २०७९ सालमा खाँदबारी नगरपालिकाको मेयरमा पराजित बनेका थिए ।

नेकपा एमालेको संखुवासभा जिल्ला अध्यक्ष हुदैं हाल कोशी प्रदेश कमिटिका सचिवालय सदस्य रहेका थिए । त्यसका साथै श्री महेन्द्र माध्यमिक विद्यालयको करिब २५ बर्षदेखि विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष, एडभान्स क्लबका संस्थापक अध्यक्ष लगायत धेरै सामाजिक क्षेत्रमा समेत स्वर्गीय घिमिरेले विशिष्ट योगदान पु¥याएका थिए ।

त्यस्तै, खाँदबारी नगरपालिकाले प्रथम जननिर्वाचीत उपमेयर घिमिरेको निधनमा २९ गते विहिबार १ दिन शोक विदा दिएको जनाएको छ । खाँदबारी नगरपालिका मेयर महेश थपलियाद्धारा जारी विज्ञप्तीमा एक नगरभित्रका सम्पूर्ण कार्यालयहरु बन्द रहने जनाएको हो ।

प्रतिकृया दिनुहोस