गीतकार भरत कुलुङको नयाँ गीत 'मनचरिको मन' सार्वजनिक (भिडियो सहित)
गीतकार भरत कुलुङको पूर्वेली लोक गीत 'मनचरिको मन' सार्वजनिक भएको छ । कुलुङद्धारा लिखित सो गीतमा बबिना किराँती र दीपक दुखुन राईको स्वर रहेको छभने संगीतकार मनोज साङ्सोनले संगीत तथा संगीत संयोजन गरेका छन् ।
जस्केलो क्रियसनले निर्माण गरेको भिडियोलाई स्टुडियो किङ्गको युटुब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो ।
गीतकार कुलुङका यसअघि भोजपुरको सिरानी, सै राजा सै सै, पूर्वेली गोठाले भाका ए नि लै लै, यस्तै छ हाम्रो जिन्दगी लगायतका गीतहरु सार्वजनिक भइसकेका छन् । गीतकार कुलुङ पेशाले मावि शिक्षक हुन् ।







प्रतिकृया दिनुहोस