संखुवासभामा खोलाले बगाउँदा हाइड्रोका कर्मचारी बेपत्ता
संखुवासभा -
संखुवासभाको मकालु गाउँपालिका–५ फाकफुकस्थित सिमली खोलाले बगाउँदा इन्दुवा हाइड्रोपावरका एक कर्मचारी बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा खाँदबारी नगरपालिका–७ निवासी २८ वर्षीय स्वागत निरौला रहेका छन्। उनी इन्दुवा हाइड्रोपावरमा सुपरभाइजरका रूपमा कार्यरत थिए।
जिल्ला प्रहरी कार्यालयका डिएसपी कुमारप्रसाद मैनालीका अनुसार साथीहरूसँग खाना खाएर हाइड्रोपावरको आवासतर्फ फर्कने क्रममा बुधबार राति करिब ११ बजे सिमली खोला तर्ने क्रममा उनी खोलाले बगाएका हुन्। खोलाले बगाएपछी सगैरहेका दिनेश विक र राजेन्द्र लिम्बुले राती नै प्रहरीलाई खवर गरेका थिए ।
बेपत्ता निरौलाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको




प्रतिकृया दिनुहोस