लायन्स क्लब संखुवासभाद्वारा वाल कल्याण गृहलाई खाद्यान्न सहयोग

खाँदबारी - सामाजिक सेवामा सक्रिय लायन्स क्लब अफ खाँदबारी संखुवासभाले माट्स नेपालद्वारा खाँदबारीमा सञ्चालित वाल कल्याण गृहलाई १५० किलो चामल र १० किलो चिनी सहयोग गरेको छ।
शनिबार आयोजित एक कार्यक्रममा क्लबका अध्यक्ष विमल गौतमले उक्त खाद्यान्न सामग्री वाल कल्याण गृहका प्रतिनिधिलाई हस्तान्तरण गरेका हुन्। वाल कल्याण गृहमा हाल बाबुआमा गुमाएका ९ जना बालबालिका आश्रय लिएर बस्दै आएका छन्।
अध्यक्ष गौतमले यो सहयोग मनराम मोर्टसको सहकार्यमा उपलब्ध गराइएको जानकारी दिँदै बालबालिकाको आधारभूत आवश्यकता पूरा गर्न यस्ता मानवीय अभियानले सकारात्मक सन्देश दिने बताए। उनले आगामी दिनमा पनि वाल कल्याण गृहलाई आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। उनले वालवालिका राख्न ८ कोठे सुविधासम्पन्न भवन निर्माण गर्न पहल गरिहेको बताए ।
सहयोग ग्रहण गर्दै वाल कल्याण गृहका अध्यक्ष सुजन अधिकारीले बालबालिकाको दैनिक भोजन व्यवस्थापनमा यस्तो सहयोगले ठूलो राहत पुगेको बताउँदै लायन्स क्लब र सहयोगी संस्थाप्रति आभार व्यक्त गरे।
लायन्स क्लब अफ संखुवासभाले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा मानवीय सेवासँग सम्बन्धित विभिन्न सामाजिक अभियान सञ्चालन गर्दै आएको छ। क्लबले यस्ता सहयोगात्मक गतिविधिमार्फत समाजमा सहकार्य र मानवताको भावना थप बलियो बनाउने उनले विश्वास व्यक्त गरे ।

प्रतिकृया दिनुहोस