किराँत राई यायोखाको अध्यक्षमा घमान सिंह राई

संखुवासभा - किराँत राई यायोखाको चौथो जिल्ला अधिवेशनले घमान सिंह राईको अध्यक्षतामा २५ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ।

सोमबार जिल्ला समन्वय समिति संखुवासभाको सभाहलमा सम्पन्न अधिवेशनबाट गठित नयाँ कार्यसमितिको उपाध्यक्षमा तिलक चाम्लिङ र भोज विक्रम याम्फू चयन भएका छन्। त्यस्तै सचिवमा बालकुमार राई, सहसचिवमा सुक्रम राई र सुरेश राई चयन भएका छन्।

यसैगरी कोषाध्यक्षमा प्रबिना राई र सहकोषाध्यक्षमा यौवन राई चयन भएका छन्। अधिवेशनले संगठनलाई थप सुदृढ गर्दै किराँत राई समुदायको भाषा, संस्कृति, पहिचान र अधिकारका क्षेत्रमा प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता जनाएको छ।

अधिवेशनबाट २३ सदस्यीय नयाँ जिल्ला कार्यसमिति गठन भएको हो ।

 

प्रतिकृया दिनुहोस