पद र प्रतिष्ठाका लागि राजनीतिमा आएको होइन -सुधन किराती

संखुवासभा - श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुधन किरातीले आफु पद र प्रतिष्ठाका लागि राजनीतिमा नआएको बताएका छन् । संखुवासभाको चिचिलामा हातेमालो कार्यक्रमलाई बिहिबार सम्बोधन गर्दै आफूलाई मुख्यमन्त्री बन्ने कुनै आकाङ्क्षा नरहेको स्पष्ट पारे । 

राजनीतिक उद्देश्य जनताको सेवा गर्नु मात्रै हो, उनल भने  मैले त मुख्यमन्त्री हुन्छु भनेको छैन र मलाई चाहिएको पनि छैन। मेरो उद्देश्य भनेको राजनीतिमा खटिएर, आफ्नो अनुभव प्रयोग गरेर जनताको सेवा गर्नु मात्रै हो उनले भने ।
उनले उपयुक्त, सक्षम र जनताको विश्वास जित्न सक्ने पात्र नेतृत्वमा आउनुपर्ने धारणा पनि व्यक्त गरेका छन्। त्यस्तो पात्र भेटिए आफू व्यक्तिगत आकाङ्क्षा र पदको मोह त्यागेर समर्थन गर्नसमेत तयार रहेको उनको भनाइ छ।
“हामीले उपयुक्त पात्र पहिचान गर्न सक्नुपर्छ। जनताले विश्वास गर्न सक्ने योग्य पात्र अगाडि आउँछन् भने म अहिले पनि आफ्नो समर्थन दिन तयार छु,” किरातीले भने।
आफू पदको लोभी नभएको उल्लेख गर्दै उनले राजनीतिको मूल उद्देश्य जनताको सेवा र समाज परिवर्तन हुनुपर्नेमा जोड दिएका छन्।

प्रतिकृया दिनुहोस