संखुवासभा जिल्ला भलिबल संघको अध्यक्षमा मेदिनी घिमिरे

संखुवासभा — जिल्ला भलिबल संघ संखुवासभाको १०औँ अधिवेशनबाट मेदिनी घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। शनिबार साँझ सम्पन्न अधिवेशनले जिल्लामा भलिबल खेलको विकास, विस्तार र खेलाडीको क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राख्दै नयाँ नेतृत्व चयन गरेको हो।

 

अधिवेशनमा नेपाल भलिबल संघका केन्द्रीय सदस्य तथा प्रमुख अतिथि प्रवीण श्रेष्ठको उपस्थिति रहेको थियो। अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको जनाइएको छ।

 

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सुमन श्रेष्ठ र रविन लो, सचिवमा तीर्थराज पन्त तथा कोषाध्यक्षमा विष्णु श्रेष्ठ चयन भएका छन्।

 

त्यसैगरी सदस्यहरूमा जापान राई, मणिसुन्दर राई, शान्ता राई, दिवश श्रेष्ठ, बिन्दा मोक्तान, आशिम राई, सुनिल लिङ्थेप र प्रबिना तामाङ चयन भएका छन्।

 

अधिवेशनबाट प्रदेश प्रतिनिधिमा बिनोद राई र सुरेन्द्र गिरी तथा केन्द्रीय प्रतिनिधिमा मेदिनी घिमिरे चयन भएका छन्।

 

नवनिर्वाचित अध्यक्ष घिमिरेको नेतृत्वमा संखुवासभामा भलिबल खेललाई थप व्यवस्थित, प्रतिस्पर्धात्मक र लोकप्रिय बनाउँदै नयाँ प्रतिभाको पहिचान तथा विकासमा जोड दिने अपेक्षा गरिएको छ। जिल्लाका विभिन्न क्षेत्रमा भलिबलको पहुँच विस्तार गर्दै खेलाडी उत्पादन र प्रतियोगिताको निरन्तरताका लागि नयाँ कार्यसमितिले प्रभावकारी भूमिका निर्वाह गर्ने अध्यक्ष घिमिरेले प्रतिवद्धता जनाए ।

प्रतिकृया दिनुहोस